झलनाथ खनाल स्वास्थ्य प्रतिष्ठानमा भ्रष्टाचार, तत्कालीन प्रदेशमन्त्रीसहित ५ जना दोषी ठहर

196
Shares

काठमाडौँ, १२ असार । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको भ्रष्टाचारमा तत्कालीन मन्त्रीसहित ५ जना दोषी ठहर भएका छन्।

विशेष अदालतले मंगलबार मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमारसहित ५ जनालाई दोषी ठहर गरेको हो।

सर्पको विष संकलन, प्रसोधन र उत्पादन केन्द्र स्थापनाका नाममा १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ भ्रष्टचार भएको भन्दै अभियोग पत्र दायर भएको थियो।

तत्कालीन मन्त्री विजयकुमार र मेयर खड्काले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी साझेदारी शुन्य रहेको प्रतिष्ठानसँग सहकार्य गरी उसैलाई कार्यक्रम सन्चालन गर्न दिएको भन्दै भ्रष्टचार भएको दावी गरिएको थियो। प्रतिष्ठानका तत्कालिन अध्यक्ष रेवतीप्रसाद पन्त दोषी ठहर भएका छन्।

दोषी ठहर भएका आरोपीको सजाय निर्धारण असार २५ गते हुने विशेष अदालतले जनाएको छ। अख्तियारले उनीहरु बिरुद्ध गत असोज २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गराएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *