रासायनिक मल कारखानाको चुहावटले श्रीलङ्कामा विरामी

0
Shares

ढाका, ७ भदौ – बङ्गलादेशको एक रासायनिक मल कारखानामा भएको रसायनको चुहावटले श्रीलङ्का पनि असर गरेको बताइएको छ ।

श्रीलङ्कातर्फ पनि सो चुहावटका कारण ठूलो संख्याका नागरिक विरामी परेका बताइएको छ । जसका कारण अस्पतालमा खचाखच विरामी पुगेका चिकित्सकको भनाई छ ।

यसअघि सो कारखानाबाट निस्केको विषाक्त ग्यासबाट करिब २०० जना भन्दा बढी स्थानीय नागरिक विरामी परी अस्पताल भर्ना गरिएको जानकारी गराइएको थियो ।

बङ्गलादेशको चटगाउँ नगरमा रहेको रासायनिक मल निर्माण गर्ने एक कारखानाको विषाक्त ग्यास निस्केको जनाइएको थियो ।

सो ग्यासको असर चटगाउको नजिक रहेका श्रीलङ्काली वस्तीहरुमा पनि परेको छ । प्रहरीले सो स्थानबाट कैयौँ व्यक्तिको उद्वार गरी अन्यत्रै लगेका छन् । स्थानीयहरु पनि त्यहाँ बस्न डराएर अन्यत्रै भागेका छन् । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *