जिरीमा रुघाखोकीको बिरामी बढे, बालबालिका बढी प्रभावित

92
Shares

rugha

दोलखा, ७ भदौ –  दोलखाको जिरीमा मौसमी रुघाखोकी (भाइराल)का बिरामी बढेका छन् ।

पछिल्लो तथ्याङ्कलाई हेर्दा मौसम परिवर्तनसँगै जिरी र जिरी आसपासका क्षेत्रमा मौसमी रुघाखोकीका बिरामी बढेको दोलखा जिल्ला अस्पतालले जनाएको छ ।

मौसमी रुघाखोकीका बिरामीको चाँप ह्वातै बढेकाले सो अस्पतालमा अहिले दैनिक १०० को हाराहारीमा बिरामी उपचार गराउन आउने गरेका हुन् ।

रुघाखोकीका दैनिक आउने १०० बिरामीमध्ये २० बालबालिकामा मौसमी रुघाखोकी रहेको पाइएको डा विनोद केसी बताउँछन् ।

हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने मौसमी रुघाखोकी बालबालिकालगायत वयस्क र वृद्धवृद्धामा पनि उस्तै छ । दैनिकजसो रुघाखोकीको बिरामी बढे पनि अस्पतालमा प्रर्याप्त औषधि रहेको उनको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *