मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा छ जना चिकित्सक नियुक्त

काठमाडौँ, २४ जेठ । सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त पदमा छ जना चिकित्सकलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले छ जना चिकित्सकलाई सदस्य पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यसरी नियुक्त गरिएकाहरुमा प्राडा दिव्यासिंह शाह, डा सुमन नेपाल, डा मधु न्यौपाने, डा. प्राडा रविन्द्रमान श्रेष्ठ, डा वीरेन्द्रबहादुर प्रधान र डा. कुम्भराज जोशी रहेका छन् ।
लामो समय देखि काउन्सिलमा केही सदस्य पद खाली थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




