स्वास्थ्य मन्त्री यादवद्धारा परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको अनुगमन

अस्पताल गुनासो सुनेपछि समाधानका लागि मन्त्रालयका अधिकारीहरुलाई निर्देशन
208
Shares

 

काठमाडौँ, २० जेठ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले आज थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेको छ । सो क्रममा त्यहाँ टोलीले उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफल गरेको छ ।

मन्त्री यादवले अस्पतालबाट उपलव्ध सेवा देखि अन्य सुविधाको गुणस्तरको विषयमा प्रत्यक्ष रूपमा जानकारी लिने उद्देश्यले अनुगमन गरेको बताए । उनले आजको अनुगमन पनि उपलब्धिमूलक रहेको जानकारी दिए ।

मन्त्री यादवले अस्पताल नेतृत्वसंग अस्पतालमा भएका गुणस्तरीय उपचार तथा अहिले भएका समस्याहरुको अल्प मध्यम र दीर्घकालिन समाधानका लागि प्रतिवेदन तयार गरी आफूलाई उपलव्ध गराउन निर्देशन दिए ।

यस्तै प्रसूति अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरूलाई सेवा उपलब्ध गराउन अन्य अस्पतालहरूसँग गर्न सकिने समन्वयको विषयमा पनि अध्ययन गर्न कर्मचारीहरूलाई निर्देशन दिए । सोही क्रममा उनले अस्पतालले भोगिरहेको जनशक्ति, उपकरण र पूर्वाधार अभावलाई तत्कालै समाधान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव सहितका कर्मचारीहरूलाई निर्देशन दिए ।

त्यसअघि अस्पतालका निर्देशक डा श्रीप्रसाद अधिकारीले प्रसूतिगृह अस्पतालले दिएका सेवा, भावी योजना र भएका समस्याहरुको बारेमा मन्त्री यादवलाई ब्रिफिङ गरेका थिए ।

यस्तै अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका गुनासा समेत सुनेका थिए ।

अनुगमनका क्रममा सचिव डा. रोशन पोखरेल, अतिरिक्त सचिव डा दीपेन्द्ररमण सिंह सहितका कर्मचारी र सचिवालयका सदस्यहरूको सहभागिता रहेको थियो  ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *