विपद् प्रतिकार्यः प्रजनन स्वास्थ्य सामग्री तयारी अवस्थामा

156
Shares

काठमाडौँ, २ भदौ –  विपद्का अवस्थामा प्रभावित जनसङ्ख्याको आवश्यकता तत्काल पूरा गर्न संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) ले अतिआवश्यकीय प्रजनन स्वास्थ्य सामग्री तथा ‘डिग्निटी किट्स’ तयारी अवस्थामा राखेको छ ।

“तयारी अवस्थामा राखिएको डिगनिटी किट्स तीन हजारभन्दा बढी छन् र ती काठमाडौँ, मध्यपश्चिम, सूदुरपश्चिम र तराई–मधेसमा राखिएको छ”, युएनएफपिएद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “करिब दुई लाख ७० हजार प्रभावित मानिसको प्रजनन स्वास्थ्य सेवा स्वास्थ्य संस्थाबाट प्रदान गर्न पुग्ने गरी प्रजनन स्वास्थ्य सामग्री नेपाल रेडक्रस सोसाइटीमा भण्डारण गरिएको छ ।”

विपद् पूर्वतयारी कार्यमा नेपाल सरकारलाई सघाउने प्रतिबद्धताअनुरुप प्रजनन स्वास्थ्य सामग्री तथा डिग्निटी किट्सको भण्डारण गरिएको युएनएफपिएको भनाइ छ । गत वर्षको भूकम्प र हालसालै प्युठानमा गएको बाढीपहिरोसहित विगतका विपद्मा पनि युएनएफपिएले प्रजनन स्वास्थ्य सामग्री र डिगनिटी किट्स तथा समन्वयका लागि आवश्यक सहयोग पु¥याएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *