आर्थिक बर्ष २०८१/०८२ को बजेटमा स्वास्थ्यको विषय के-के पर्यो ?

काठमाडौँ, १५ जेठ । संसदको संयुक्त बैठकमा अर्थ मन्त्री बर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरिरहेका छन् ।
आजको बजेटमा स्वास्थ्यका विषयहरु के के परे । हामीले क्रमश अपडेट गर्दै जाने छौँ ।
- औषधिको प्रयोगजनका लागि गाँजाको व्यवसायिक उत्पादनका लागि कानूनी व्यवस्था मिलाउने छु ।
- सीपमुलक र प्राविधिक शिक्षालाई विस्तारित गरिनेछ ।
- कक्षा १ देखि ५ सम्मको दीवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने छ ।
- चिकित्सिा शिक्षाका लागि चक्रिय कोष स्थापना गरी सहुलियत कर्जा उपलव्ध गराईनेछ ।
- धनगढीमा सहीद दशरथ चन्द विश्वविद्यालय सञ्चालनमा ल्याइनेछ ।
- वीर अस्पतालमा जलनको सघन उपचार कक्ष विस्तार गरिनेछ ।
- पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कलेजो प्रत्यारोपण गरिनेछ ।
- सिंहदरबार बैद्यखानाको पुर्नसंरचना गरिनेछ ।
- सिंहदरबार बैद्यखानाको पुर्नसंरचना गरिनेछ ।
- स्वास्थ्य बीमा कार्यक्रमका लागि ७ अर्व ५० करोड रकम विनियोजन ।
- हरेक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालन गरिनेछ ।
- निर्माण सम्पन्न भएका ५, १० र १५ बेडका अस्पतालहरुको विधि तय गरि सञ्चालन गरिनेछ । निर्माणका क्रममा रहेका अस्पतालहरुको निर्माण कार्य सम्पन्न गरिनेछ । यसका लागि १५ अर्व ४१ करोड विनियोजन गरेको छु ।
- विपन्न नागरिकलाई मुटु क्यान्सर, मिर्गौला अल्जाइमर पार्किन्सन्स स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकल सेल एनिमियाको उपचारका लागि प्रति विरामी १ लाख बराबरको रकम प्रदान गर्न रु ३ अर्व विनियोजन गरेको छु ।
- आधारभूत स्वास्थ्य सेवा केन्द्र आधारभूत अस्पतालबाट ९८ प्रकारका औषधिहरु खोप तथा प्रजनन स्वास्थ्य सामग्री निशुल्क गराउन रु १ अर्व ४३ करोड रकम विनियोजन गरेको छु ।
- आमा सुरक्षा र मातृ तथा नवजात शिशु स्याहार कार्यक्रमका लागि रु ३ अर्व ६ करोड रकम विनियोजन गरेको छु ।
- संघीय अस्पतालमा जेरियाट्रिक वार्ड सञ्चालन गरी जेष्ट नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलव्ध गराईनेछ । क्यान्सर मेरुदण्ड र पक्षघात रोगको उपचार मिर्गौृला प्रत्यारोपण र डायालासिस सेवा गरिरहेका बिरामीलाई औषधि उपचार खर्च वापत दिदै आएको प्रतिव्यक्ति महिना रु ५ हजार सम्वन्धित व्यक्तिको खातामा नै जम्मा हुने व्यवस्था मिलाएको छु । यसका लागि रु २ अर्व विनियोजन गरेको छु ।
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात शिशुको जन्मजात हुने विकलांग अवसथ वा असाधारण अवस्थाको पहिचान गर्न भ्रुण तथा नवजात शिशु परीक्षण केन्द्र सेवा सञ्चालन गरिनेछ ।
- अटिजम बौद्यिक तथा शारीरिक अपांगता भएका बालबालिकाको विकास अवस्था र वाल मानसिक अवस्थाको पहिचान निदान उपचार र पुर्नस्थापनाका लागि सम्लग्न हुने जनशक्तिको क्षमता अभिबृद्धि गरिनेछ ।
- वीर अस्पतालमा जलनको सघन उपचारका लागि आधुनिक कक्ष विस्तार गरिनेछ ।
- कीर्तिपुरको वर्न अस्पतालको पूर्वाधार विकास गरिनेछ ।
- भेरी अस्पताललाई सिकल सेल एनिमिया उपचारका लागि विकास गरिनेछ ।
- नयाँ निर्माण हुने ट्रमा सेन्टरलाई नजिकका स्वास्थ्य संस्थासंग सेवा आदान प्रदान गर्ने व्यवस्था मिलाईने छ ।
- आत्महत्या र मानसिक स्वास्थ्य समस्या निराकरण सम्वन्धी सेवा विस्तार गर्न मानसिक अस्पताल पाटनको क्षमता विस्तार गरिनेछ ।
- कर्णाली पोखरा पाटन राप्ती र विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी नारायणी, भरतपुर, भेरी डडेल्धुरा र गजेन्द्र नारायण सिंह अस्पतालको क्षमता विस्तार गरी ५०० सैयामा स्तारोन्नती गरिनेछ ।
- रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र , मनमोहन कार्डियोथोरासिक भास्कुल तथा ट्रान्सप्लान्ट सेन्टर, त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र परोपकार प्रसुती अस्पताल, वीपी कोइराला क्यान्सर अस्पताल, जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्र, भक्तपुर क्यान्सर अस्पतालको पूर्वाधार विकास र उपकरणका लागि आवश्यक बजेट विनियोजन गरेकोछु ।
- तीन सय सैया वा त्यो भन्दा बढी क्षमताका संघीय अस्पतालहरुमा एमबीबीएस र १०० सैयाका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम क्रमश सञ्चालन गर्दै लगिनेछ ।
- आगामी आर्थिक वर्षमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरेको छु ।
- आयुर्वेद प्राकृतिक चिकित्सा योग, युनानी, होमियोपेथी, अकुपञ्चर सोभारिक्पा लगायत अन्य बैकल्पिक उपचार पद्धती विस्तार गरिनेछ ।
- नागरिक आरोग्य कार्यक्रमलाई समुदायस्तर सम्म विस्तार गरिनेछ ।
- बैकल्पिक उपचार पद्धतीका लागि २४ करोड विनियोजन गरेको छु ।
- काठमाडौँ विश्वविद्यालयमा सिता दाहाल मेमोरियल न्याचुरोपेथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था गरेको छु ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




