पाल्पामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढे

108
Shares

पाल्पा, २ भदौ – पाल्पामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेपछि पाल्पा अस्पतालका चिकित्सकलाई उपचार गर्न भ्याइनभ्याइ भएको छ ।

पाल्पा अस्पतालमा चिकित्सकद्वारा आधुनिक उपकरणसहितको सेवा दिन थालेपछि ठूला अस्पताल र निजी क्लिनिकमा उपचार गर्न नगई बिरामी पाल्पा अस्पतालमा जाने गरेका छन् । १५ शय्याको अस्पतालमा हिजोआज भाइरल फिभरका बिरामी दिनहुँ सय देखि १५० जनासम्म आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालमा दक्ष चिकित्सकद्वारा ल्याब, एक्स–रे, भिडियोे एक्स–रे, डेन्टल, गर्भपतन, सुत्केरीलाई राम्रो सेवा प्रदान गर्न लागेपछि बिरामीको पाल्पा अस्पतालप्रति विश्वास बढेको पाइएको छ ।

अस्पतालका डाक्टर सुरज लामिछानेले गत १५ दिनयता भाइरल फिभर र टाइफाइडका बिरामी अत्यधिक मात्रामा आउने गरेको बताए । दूषित पानी, खानपान र प्रदूषित वातावरणका कारण यो रोग लाग्ने हुँदा यसबाट सजग रहन उनले आग्रह गरे ।

भाइरल फिभर सरुवा रोग भएको हुँदा बिरामीसँग बढी हेलमेल गर्ने र नजिक रहन नहुनेसमेत उनले बताए  । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *