बर्दियामा भाइरल ज्वरोको प्रकोप

0
Shares

virul feber

बर्दिया, १ भदौ –  बर्दियामा भाइरल ज्वरोका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

यतिबेला यहाँका क्लिनिक, जिल्ला अस्पताल र स्वास्थ्य चौकीमा बिरामीको चाप बढेको देखिन्छ । भाइरल ज्वरोका कारण बालबालिका वृद्धसमेत प्रभावति भएको त्यसमा पनि पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएको जनस्वास्थ्य अधिकृत सुनिल पाण्डेले बताए ।

अस्पतालमा भाइरल ज्वरोसँगै रुखाखोकी, टाइफाइड, मलेरिया लागेका बिरामीको भीड हुने बताए । भाइरल ज्वरो आएपछि ज्वरो बढी आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, रिगटा लाग्ने, पेट दुख्ने, खानामा रुची नहुनेजस्ता लक्षण देखा पर्दछ ।

औषधि खाएपनि औषधिले काम नगरेपछि परीक्षण गराउँदा भाइरल ज्वरो भएको क्लिनिकमा चोकजाँच गर्न आएका बिरामी रिसर्च चौधरीले बताए

मौसमका कारण हुने भाइरल ज्वरो एक सातासम्म निको नभएपछि बिरामी आत्तिएर अस्पताल, क्लिनिकमा आउने गरेको सुनिल पाण्डेले बताए ।

घरमै आराम गरी पानीपट्टी लगाउँदा, सिटामोल खाँदा पनि यो ज्वरो निको हुने बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *