कोशी प्रदेशको स्वास्थ्य सचिव बनिन् डा. राधिका थपलिया

984
Shares

काठमाडौँ, ३१ बैशाख । कोशी प्रदेशको स्वास्थ्य सचिवको जिम्मेवारी डा राधिका थपलियाले पाएकी छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा गत २७ बैशाखको मन्त्रिपरिषद् बैठकले उनलाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिव पदको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यो निर्णयसंगै त्यहा स्वास्थ्य सचिव रहेकी डा सुधा शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय फिर्ता भएकी छन् ।

एघारौँ तहकी डा थपलिया लामो समय कामविहीन थिईन । उनलाई केही साता अघि मात्रै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपद व्यवस्थापन ईकाई प्रमुखको जिम्मेवारी दिईएको थियो ।

डा थपलियाले कोशी प्रदेशको सचिवको जिम्मेवारी पाएको पुष्टि गर्दै आजै पत्र बुझेको बताईन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *