मदिरा सेवन गरी गाडी चलाउने उच्च शिक्षा मन्त्रीद्धारा राजिनामा

156
Shares

बीबीसी – मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा फेला परेपछि स्वीडेनकी मन्त्री आइदा हादजियालिकले राजीनामा दिएकी छन् ।

२९ वर्षीया आइदा मन्त्रिपरिषदमा  सबैभन्दा कान्छी सदस्यका रूपमा परिचित थिइन् ।suden उच्च शिक्षा मन्त्रालय सम्हालेकी उनी देशकै पहिलो मुस्लिम मन्त्री पनि थिइन् ।

तोकिएको मात्राभन्दा बढी मदिरा सेवन गरी गाडी चलाएको अवस्थामा उनी भेटिएकी थिइन् ।

यो घटनालाई उनले ‘जीवनकै सबैभन्दा ठूलो गल्ती’ भनेकी छन् । डेनमार्क र स्वीडेन जोड्ने पुलमा रोकिनुअघि उनले दुई ग्लास वाइन पिएको जनाइएको छ ।

परीक्षणपछि उनको रगतमा अल्कोहलको मात्रा ०.२ प्रो मिलि भएको फेला परेको थियो । यसका लागि उनले ६ महिनाको जेल सजाय पाउन सक्छिन् ।

कोपेनहेगेनमा दुई ग्लास वाइन पिएको चार घण्टापछि उनी स्वीडेन फर्किएकी थिइन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *