१५ हजार तिर्थालुलाई लक्षित गरि गोसाइँकुण्डमा निशुल्क स्वास्थ्य शिबिर

0
Shares

GosainKunda1

धुन्चे (रसुवा), २९ साउन – गोसाइँकुण्डमा तीर्थ गर्न जाने भक्तजनको लागि प्राथमिक उपचार सेवा पु¥याउन हिमालय उद्धार सङ्घले आज बिहानबाट स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

सो सङ्घका कार्यकारी निर्देशक प्रकाश अधिकारका अनुसार गोसाइँकुण्डमा सञ्चालन गरिएको स्वास्थ्य शिविर डा सन्तोष बानियाँको नेतृत्वमा पाँच जना चिकित्सक, एक जना हेल्थ सहायक एक जना सहयोगीको रुपमा आफ्नै संस्थाका समन्वयकर्ता कार्यरत छन् ।

स्वास्थ्य शिविरबाट लेक लाग्ने समस्या र अन्य विभिन्न रोगको समेतको उपचारका लागि अक्सिजनसहित आवश्यक औषधिसमेत व्यवस्था गरिएकाले तीर्थालुका लागि स्वास्थ्य उपचारका सबै सेवा प्रदान हुने निर्देशक अधिकारीले बताए ।

यस वर्ष गोसाइँकुण्ड मेला भर्न १५ हजार भक्तजनको आवागमन हुने बताउँदै गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले मेला व्यवस्थापन गर्न सात उपसमिति गठन भई ती समितिद्वारा काम सञ्चालन गरिसकेकाले तीर्थालुलाई कुनै पनि समस्या नपर्ने जानकारी दिए ।

गोसाइँकुण्डमा स्नान गरी पूजाआजा गर्नाले आफ्नो मनोकांक्षा पूरा भई आत्मशान्ति घर परिवारमा सुख समृद्धि हुने धार्मिक विश्वासका साथ जिन्दगीमा एक पटक भए पनि भक्तजन गोसाइँकुण्ड पुग्ने मान्यता रहिआएको रामेश्वर नामले परिचित पुरोहित रामप्रसाद न्यौपानेले बताए ।

मेला भर्न तीर्थालु त्यसतर्फ प्रस्थान गरिसकेका छन् । जनैपूर्णिमाको पर्वसम्म अर्थात् भदौ २ गतेसम्म धार्मिक मार्गमा भक्तजन ओहोरदोहोर भइरहने स्थानीयले बताएको छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *