कोसी अञ्चल अस्पतालमा भाइरल र सर्पदंशका विमारीको सङ्ख्यामा वृद्धि

0
Shares

.मोरङ, २६ साउन –  कोसी अञ्चल अस्पताल विराटनगरमा सर्पदंशका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । कोसी अञ्चल अस्पतालको आकस्मिक शाखाका इन्चार्ज डा रघुनन्दन अधिकारीका अनुसार दैनिक २० भन्दा बढी सर्पदंशका विरामी उपचारका लागि आउने गरेका छन् ।

साउन महिनामा ५०० भन्दा बढी सर्पदंशका बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । कोसी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रोशन पोखरेलका अनुसार सर्पदंशका ५०० भन्दा बढी र भाइरलका बिमारी झन्डै ८०० को हाराहारीमा महिनामा सेवा लिने गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *