सुर्तीजन्य पदार्थलाई आम्दानीको स्रोतको रुपमा हेर्नु नै गलत : सांसद बर्तौला

20
Shares

काठमाडौँ, ३० बैशाख ।  नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकारले सुर्तिजन्य पदार्थलाई राजश्व आम्दानीको स्रोतको रुपमा हेर्न नहुने बताएका छन् ।

ह्याम्स हस्पिटलको आयोजनामा शुक्रबार भएको स्वास्थ्य सबैको सरोकार संवाद श्रृंखला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सूर्तीजन्य पदार्थबाट आउने कर भन्दा यसको सेवनबाट भएको क्षतिको दर ठूलो रहेको भन्दै नियन्त्रणतर्फ लाग्नु पर्ने बताए ।

सबै खाले सुर्तीजन्य पदार्थबाट बार्षिक ३० अर्वको हाराहारीमा राजश्व उठ्ने रहेछ तर राज्यले त्यसको सेवनबाट लाग्ने रोगका बिरामीहरुमा गर्ने खर्च ४२ अर्ब बढी छ । त्यसैले जनधनको ठूलो क्षति हुने सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्नु तर्फ नै राज्य लाग्नु पर्ने उनले बताए ।

सांसद बर्तौलाले विश्वका धेरै देशहरुले पूर्ण प्रतिबन्ध गरेर अघि बढेको थाहा पाएको भन्दै सुर्तीजन्य पदार्थलाई समाज, राजनीतिक दल संसद र सरकारको विषय बनाउनुपर्ने बताएका हुन्।

उनले भ्याप लगाएत इलेक्ट्रोनिक सिगरेटको आयात, उपभोगलाई रोक लगाउन समेत सरोकारवालाको ध्यानाकर्षण गराए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *