कोमलता र सुन्दरताको प्रतीक गुलाबका औषधीय गुण

184
Shares

rose
तनाब कम गर्छ :  गुलाबको तेलले टाउको मसाज गर्नाले तनाब कम गर्नुका साथै डिप्रेशन सम्बन्धी समस्या हुनबाट बचाउँछ ।

आँखालाई फाइदा गर्छ : आँखा तिरमिर हुने, सुख्खा हुने तथा चिलाउने भएमा गुलाब जलले आँखा सफा गर्नाले फाइदाजनक हुन्छ साथै आँखामा चमक पैदा गर्छ ।

कपालका लागि फाइदाजनक : कपालमा गुलाबको तेल लगाउनाले कपाल झर्ने समस्याबाट छुटकारा पाउन मद्दत मिल्छ । र कपाल बलियो, नरम, सुन्दर र मुलायम बनाउँछ ।

घाउ निको पार्न मद्दत गर्छ : गुलाबमा एस्ट्रेजेंप गुण हुन्छ । यसको तेल घाउ तथा चोटपटकमा लगाउनाले तुरुन्त निको पार्छ । यसका साथै घाउमा रगत बग्नबाट रोक्छ ।

त्वचाका लागि फाइदा : गुलाब कोमलता र सुन्दरताको प्रतीक भएकाले पनि यसको प्रयोगले त्वचामा टोनरको काम गर्छ । यसको नियमति प्रयोगले त्वचालाई सुन्दर बनाउँछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *