सन्दीप लामिछानेको ‘लाइपोमा’को दोस्रो पटक शल्यक्रिया

1.7k
Shares

काठमाडौँ, ९ फागुन । क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक ‘लाइपोमा’ को शल्यक्रिया गराएका छन् । काठमाडौँको सिल्भरलाइन हस्पिटलमा  उनको शल्यक्रिया भएको हो ।

उनको सोमबार शल्यक्रिया गरी शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको छ । गत बर्ष सन्दीपको पहिलो पटक कलंकीस्थित नेपाल नेशनल अस्पतालमा शल्यक्रिया गरी शरीरमा रहेको छ वटा लाइपोमा निकालिएको थियो।

लाइपोमा छालाको मुनि बन्ने सानो डल्लो हो। जुन बोसोमा जम्मा भएर एक ठाउँ बसेको हुन्छ। यो शरीरका विभिन्न ठाउँमा हुनसक्छ।

विशेषगरी गर्धन, हात, जाँघ, छाति र काँधमा हुन्छ। लाइपोमा सामान्य स्वास्थ्य समस्या हो। यो समस्या प्रत्येक एक हजारमा एक जनालाई देखिने चिकित्सकहरु बताउँछन् ।

अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन्।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *