प्रमुख औषधि निरीक्षक ढकाल एघारौँ तहमा बढुवा
काठमाडौँ, ५ साउन – औषधि व्यवस्था विभागका प्रमुख औषधि निरीक्षक नारायणप्रसाद ढकाल एघारौँ तहमा बढुवा भएका छन् । प्रमुख औषधि व्यवस्थापक पदका लागि लोकसेवा आयोगले लिएको खुल्ला प्रतिस्पर्धामा उनी सफल भएका हुन् ।
सो पदका लागि आयोगले गत २९ र ३० पुसमा लिखित परीक्षा लिएको थियो । लिखितमा ढकाल सहित उषा तण्डुकार, र सन्तोष केसीले नाम निकालेका थिए । मंगलबार (हिजो)आयोगले अन्तर्वार्ता लिएर सोही दिन नतिजा प्रकाशित गरेको हो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




