बैदेशिक रोजगारीका लागि बेलायत जान ४५ जना नेपाली नर्स छानिए

408
Shares
सांकेतिक तस्विर : एआई

काठमाडौँ, २२ मंसिर । रोजगारीका लागि बेलायत लैजाने सरकारी प्रक्रिया ४५ जना नेपाली नर्सले पार गरेका छन् । करीव चार महिना अवधी राखेर साउनको पहिलो साता बैदेशिक रोजगार बोर्डले मागेको आवेदनमा ८२ जनाको परेको थियो ।

ती मध्ये ७१ जना अन्तर्वार्ताका लागि योग्य देखिएका थिए । त्यसमध्ये ६० जनाले मात्रै प्रत्यक्ष उपस्थित भएर अन्तरवार्ता दिएको र त्यसमा ४५ जना मात्रै पास भएको बैदेशिक रोजगार विभागले जनाएको छ ।

उनीहरूको नेपालस्थित बेलायती दूतावासमा अन्तर्वार्ता लिइएको थियो। त्यसका लागि बेलायतस्थित ह्याम्पशायर हस्पिटल एनएचएस फाउण्डेशन ट्रष्टका नर्सहरूले आमने सामने अन्तर्वार्ता दिएका थिए। त्यहिबाट ४५ जना सफल घोषणा गरिएको विभागले जनाएको छ। एचएचएफटी यूके डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोस केयर (डीएचएससी) द्वारा छनोट गरिएको संस्था हो।

सफल नर्सहरूलाई छिट्टै उनीहरूको छनोटको बारेमा सूचित गरिने विभागले जनाएको छ। अर्को चरणहरूमा उनीहरूलाई मार्गदर्शन, यूकेमा काममा जानुअघि विभिन्न जानकारी गराइनेछ। सन् २०२४ को पहिलो त्रैमासिकदेखि नर्सहरू बेलायत पठाईने विभागले आज प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *