डा. केसीको अनसन र डाक्टरहरुको ‘स्मोकिङ जोन’ एउटै तल्लामा !

1.9k
Shares

13652725_10207672091015097_1654646539_n

काठमाडौँ, २६ असार – सुर्तीजन्य पदार्थ (नियमन तथा नियन्त्रण) ऐन २०६८ ले अस्पताल देखी एक सय मिटर टाढासम्म खान त के बेचविखन गर्न पनि निशेध गरेको छ । तर त्रिवि शिक्षण अस्पतालका चिकित्सक तथा कर्मचारीले भने नाककान घाटी रोग विभागको माथिल्लो तल्ला अर्थात डा. गोविन्द केसी आजबाट अनसन बसेको तल्लाको दक्षिणपट्टीको क्षेत्रलाई  ‘स्मोकिङ जोन’ बनाएको  स्पष्ठ रुपमा देख्न सकिन्छ ।

इएनटी विभागको दोस्रो तला जहाँ आवासीय चिकित्सकहरुले प्रोफेसरसंग बसेर ‘केस स्टडी’ गर्ने गर्छन सोही तल्लाको एक कुनामा थुप्रयाएको फोहर चुरोटका प्याकेट र चुरोट ठुटाले भरिएको छ ।अझ भरयाङ चडेर दोस्रो तल्लामा पुगेपछिको दक्षिणपट्टीको झ्यालबाट बाहिर चिहाउने हो भने त चुरोट तथा सुर्तीका प्याकेट र चुरोटको ठुटाको ह्रास देख्न सकिन्छ ।

IMG_20160710_160509
डा. केसी अनसन बसेको दोस्रो तल्लामा भरयाङ चडिसके पछिको कुनामा थुपारिएका चुरोटका प्याकेट र ठुटाहरु

अस्पतालका एक आवासीय विद्यार्थीका अनुसार विरामीहरु नजाने सो तल्लामा आवासीय चिकित्सक र प्राध्यापकहरु पुग्ने गर्छन् । त्यसैले त्यहाँ जे जति चुरोट सुर्तीका प्याकेट र ठूटाहरु देखिन्छ उनीहरुले नै सेवन गरेको हो । तल्लो तलामा विरामी जाँच गर्ने चिकित्सक तथा केही कर्मचारी सोही तल्लामा उक्लिएर धुमपान गर्ने गर्छन् । ठूटाहरु र प्याकेटहरु त्यहि फालेर हिड्छन् ।

‘तल्लो तलामा विरामी जाँच गर्दा धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोग गर्नै नहुने सन्देश दिने शिक्षण अस्पतालका चिकित्सकहरु माथिल्लो तल्लामा गएर निस्फ्रिक्रि धूमपान गर्दा रहेछन्’ आइतबार डा. केसीको अनसन स्थलबाट फर्किदै गरेका एक सर्वसाधारणले टिप्पणी गरे ।

IMG_20160710_160421
डा. केसी अनसन बसेको दोस्रो तल्लामा भरयाङ चडिसके पछिको दक्षिण झयालबाट ठिक बाहिर कौशीमा देखिने चुरोट र ठुटाहरु

चिकित्सा शिक्षा सुधारका लागि भन्दै पटक पटक अनसन बस्दै आएका डा केसीलाई यतिवेला अस्पतालमा रहेको अझ भनौ आफ्नै कक्षासंगै रहेको ‘स्मोकिङ जोन’लाई हटाउने बारेमा कुरा राख्नु युक्तिसंगत नहोला तर अस्पताल प्रशासन र समग्र चिकित्सकहरुका लागि भने यस्तो दृश्य लाजमर्दो हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *