पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने गण्डकीका मुख्यमन्त्री पाण्डेको प्रतिवद्धता

उपचारसंगै क्यान्सर रोग सचेतना कार्यक्रमलाई अभियानकै रुपमा प्रदेशभर फैलाउने योजना

पोखरा, ७ असार । गण्डकी प्रदेश सरकारले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानलाई प्राथमिकताका साथ अघि बढाउने भएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले र क्यान्सर सचेतनाका लागि सदभावना दूत समेत रहेका बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीबीचको भेटवार्तामा सो जानकारी दिएका हुन् ।

उनले आफ्नो कार्यकालमा प्रदेशका सबै किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ह्युमन प्यापिलोमा भाइरस (एचपीभी खोप) निशुल्क उपलव्ध गराउने प्रतिवद्धता समेत जनाएका छन् ।

त्यसो त गण्डकी प्रदेश सरकारले गत शुक्रबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बक्तव्यमा आर्थिक अवस्था कमजोर रहेको निमोनियाबाट ग्रस्त बालक तथा वृद्धलाई राहत पुग्ने र पाठेघरको मुखको क्यान्सरको उपचारबाट टेवा पु¥याउन भन्दै ५ करोड बिनियोजन गरेको छ ।

मुख्य मन्त्री पाण्डेले डा. शाहीसंग रोक्न सकिने नसर्ने रोगका लागि राज्यले हरसम्भव प्रयास गर्ने, महिला तथा किशोरीहरलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप लगाउन सके भविस्यमा यो रोगको जोखिम कम हुने आफूले बुझेको भन्दै प्रदेश सरकार यी कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढेको बताएका थिए ।

‘मुख्यमन्त्री ज्यू ले आगामी आर्थिक वर्षको बजेटमा किशोरी तथा महिलाहरुलाई दिईने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियानलाई प्रभावकारी ढंगले अघि बढाउने बताउनु भएको छ । तत्कालका लागि केही बजेट विनियोजन गरेको भए पनि पछि कार्यक्रमको आवश्यकता अनुसार त्यसलाई थप्दै लैजान सकिने समेत बताउनु भएको छ । यो हामी सबैका लागि खुशीको कुरा हो । अझ गण्डकी प्रदेश वासीका लागि त झनै खुशीको कुरा हो,’ डा. शाहीले भने ।

उनले गण्डकी प्रदेश क्यान्सर रोग विरुद्धको सचेतना अभियानलाई पनि अघि बढाउने योजनाका साथ प्रस्तुत भएको बताए ।

‘मुख्यमन्त्री ज्युले क्यान्सरको उपचारसंगै रोकथामका कार्यलाई अघि बढाउन भन्नु भएको छ । विशेषत पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सरका लागि चालु आर्थिक वर्षबाटै अभियान सुरु गर्न समेत अनुरोध गर्नु भएको छ । हामीले सम्भवत यस महिनाको अन्त्य तिरबाट नै यो अभियानलाई कुनै जिल्लाबाट सुरु गर्नेछौँ,’ डा शाहीले भने ।

‘एचपीभी खोप ९ देखि २६ वर्ष उमेर समूहका महिलाहरुलाई लगाउने हो । तर अहिले ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई निशुल्क रुपमा उपलव्ध गराउने र विस्तारै यसलाई बढाउँदै जानुपर्छ भनेको छु । संगसंगै रोकथामका लागि पनि जनचेतनामुलक कार्यक्रम अघि बढाउनु पर्छ भनेको छु । यसमा मुख्यमन्त्रीले प्रतिवद्धता जनाउनु भएको छ । जो हामी सबैका लागि खुशीको कुरा हो,’ डा. शाहीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *