स्वास्थ्यचौकी बनाउन पाँच लाख बढी मूल्यको जग्गा दान

0
Shares

healthpost1खोटाङ, १८ असार – उत्तरी गाविस जलेश्वरीका तीन समाजसेवीले स्वास्थ्यचौकी भवन निर्माणका लागि निःशुल्क जग्गा दान गर्नुभएको छ ।

जलेश्वरी– १ का डिल्लीराम राई र ललितकुमार राउतले दुई दुई तथा मणिराज राईले एक रोपनी जग्गा स्वास्थ्य चौकीलाई दिनुभएको हो ।

उपस्वास्थ्यचौकीबाट स्तरोन्नति भएर भर्खरै स्वास्थ्यचौकी भएको जलेश्वरी स्वास्थ्यचौकीलाई तीन समाजसेवीले रु पाँच लाखभन्दा बढी मूल्यको जग्गा दान गर्नुभएको गाविस सचिव रमेश भट्टराईले जानकारी दिनुभयो ।

भट्टराईका अनुसार उनीहरुले शुक्रबार जिल्ला मालोत कार्यालय आएर आफ्नो नाममा रहेको जग्गा स्वास्थ्यचौकीको नाममा रजिस्टे«सन पास गरिदिनुभएको हो ।

तीन समाजसेवीले उपलब्ध गराएको जग्गामा आगामी आवभित्र भवन निर्माण गरिने स्वास्थ्यचौकी स्रोतले जनाएको छ । जलेश्वरी स्वास्थ्यचौकी अहिले पुरानै भवनमा सञ्चालन भइरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *