सर्पले डसेर एकजनाको मृत्यु
उदयपुर, १८ असार – मङ्गलबार बिहान सर्पले डसेपछि विराटनगरस्थित श्री अस्पतालमा उपचार गराउने क्रममा शुक्रबार साँझ एकजनाको मृत्यु भएको छ ।
उदयपुर जिल्लाको जोगिदह गाविस–४ घर भई गाईघाट–२ स्थित जनप्रेमी टोलमा बस्दै आएकी ३८ वर्षीया लयरदेवी चौधरीको मृत्यु भएको हो ।
आफ्नो घर जोगिदहमा गएर भान्साघरको चुलो लिपपोत गर्ने क्रममा चुलोमुनि प्वालमा लुकिरहेको गोमन सर्पले चौधरीलाई डसेको थियो ।
सर्पले डसेलगत्तै चौधरीलाई उपचारको लागि नेपाली सेनाको १८ नम्बर बाहिनी भुल्केस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि विराटनगर लगिएको स्थानीय दीपक चौधरीले बताए। – रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




