मिर्गौला विरामीको सहयोगको याचना

0
Shares

chronic-kidney-failure

मोरङ, १७ असार –  मिर्गौलाको रोगबाट पीडित मोरङको पथरी शनिश्चरे–८ की सीता श्रेष्ठले उपचारमा सहयोग गरिदिन सबैमा याचना गरेकी छन् ।

अट्ठाइस वर्षीया श्रेष्ठले उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि याचना गरेकी हुन्। सात वर्षदेखि मिर्गौला समस्याबाट पीडित भएकी श्रेष्ठको हाल काठमाडौँ स्थित वीर अस्पतालमा उपचार भइरहेको छ । उनले अस्पताल शय्याबाटै विराटनगरका सञ्चारकर्मीलाई टेलिफोनमा आफ्नोे उपचारमा धेरै रकम लाग्ने उपचारमा संलग्न डाक्टरले बताएका भन्दै आफूलाई बचाइदिन सबैमा आग्रह गरेकी छन् ।

वीर अस्पतालको महिला वार्डको ५ नम्बर शय्यामा रहेकी उनलाई चिकित्सकले कम्तीमा रु सात लाख लाग्ने बताएका छन् । श्रेष्ठलाई डा राजेन्द्र अग्रवाल र डा रजनी हाडाले उपचार गर्दै आएका छन्। उनकोअहिले हप्ताको एकपटक औषधियुक्त सुई लगाउनुपर्ने भएको छ । पीडित श्रेष्ठका अनुसार एकपटक एउटा सुई लगाउँदा ५० हजार रुपैयाँ खर्च लाग्ने र यो सुई ६ महिनासम्म लगाउनुपर्ने पीडितको भनाइ छ ।

उनले यसअघि विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराए पनि सम्भव नभएपछि लामो समयदेखि वीर अस्पतालमा उपचार गराउँदै आएकी छन् । निम्नवर्गीय परिवारकी श्रेष्ठले उपचारका लागि रकम जुटाउन नसक्ने भएकाले सहयोगको याचना गरेकी छन्।
रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *