तराईमा हुस्सु र कुहिरो लाग्ने, चिसोबाट बच्न आग्रह

76
Shares

काठमाडौँ, १५ मंसिर । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली नभएको मौसमविदले बताएका छन् ।

हाल कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका अन्य पहाडी भू–भागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकीलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको सम्भावना छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र प्रदेश– १ का पहाडी भू–भागका थोरै स्थानमा आंशिक बदलीको आंकलन छ । शुक्रबार सुदूरपश्चिम र कर्णालीलगायत देशका पहाडी भू–भागमा आंशिक बदलीको प्रक्षेपण महाशाखाले गरेको छ ।

पछिल्लो समय तराईमा हुस्सु र कुहिरो लाग्न थालेको छ । मुलुकभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *