काठमाडौँ ४ बाट पूर्व स्वास्थ्यमन्त्री गगन थापा विजयी

128
Shares

काठमाडौँ, ६ मंसिर । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापा काठमाडौँ  क्षेत्र नं  ४ बाट विजयी भएका छन् ।

थापाले निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका राजन भट्टराईलाई ७ हजार ४४७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । उनले  २१ हजार  ३ सय  २ मत पाएर विजयी हुँदा नेकपा एमालेका राजन भट्टराईले १३ हजार ८ सय ५५ मत पाएका छन्।

त्यस्तै, राप्रपाका डा ठाकुर मोहन श्रेष्ठले  ४ हजार ५० मत पाउँदा स्वतन्त्र अर्जुन कुमार पर्साइले २ हजार ३०८ मत पाएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *