पूर्व स्वास्थ्य मन्त्री विरोध खतिवडामाथि हातपात

264
Shares

काठमाडौँ, २२ कात्तिक । मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा माथि हातपात भएको छ । मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा चुनावी सभामा जाने क्रममा खतिवडामाथि हातपात भएको हो ।

कार्यक्रमस्थलमा पुगेका खतिवडालाई गाडीबाट झर्नेबितिक्कै हातपात भएको हो।

हातपात गर्ने हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ वर्षीय पुरुषोत्तम खड्का भएको प्रहरीले जनाएको छ।उनलाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइँदै गरेको प्रहरीले जनाएको छ।

खतिवडाले आफूमाथि हातपातको प्रयास भएको बताए । उनले आफू अहिले चुनावी कार्यक्रममै व्यस्त रहेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *