एक सय मतदान केन्द्र अपाङ्गतामैत्री बनाइँदै

84
Shares

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक सय मतदान केन्द्रलाई अपाङ्गतामैत्री बनाइने भएको छ ।

निर्वाचन आयोगले गरेको निर्णय अनुसार ती केन्द्रमा साङ्केतिक भाषा सूची, त्यहाँ खटिने कर्मचारीलाई साङ्केतिक भाषा प्रयोगसम्बन्धी अभिमुखीकरण, मतदान गर्ने तरिकासम्बन्धी ब्रेल समाग्री, रङ्गीचङ्गी डोरी तथा पोल, ¥याम्प निर्माण, ह्वीलचेयर प्रवेश गर्न सक्ने मतदान केन्द्र निर्माण, अपाङ्गता भएका व्यक्तिका लागि टेबुल तथा कुर्सीको व्यवस्था गरिनेछ ।

आयोगले निर्वाचनका लागि कूल २२ हजार दुई सय २६ मतदान केन्द्र तय गरेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *