चौबिस घण्टामा थप ४३ जनामा कोरोना संक्रमण, ४८ जना डिस्चार्ज

काठमाडौँ, ५ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थप ४८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा थप ७९८ नमुना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिय संक्रमितको संख्या ७१६ रहेको छ ।आज पनि कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
त्यस्तै गत साउन देखि हालसम्म ४३ हजार ६८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । जसमध्ये ५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

