आँखा शिविरमा चार हजारको जाँच गरिने

68
Shares

मोरङ, १ कात्तिक । विराटनगर महानगरपालिका र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको आयोजनामा विराटनगरमा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ। नगरका १९ वटै वडामा आजदेखि निःशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

महानगरका प्रमुख नागेश कोइरालले नागरिकको स्वास्थ्यप्रति महानगर सचेत रहेको छ भन्दै आगामी दिनमा नगरका अन्य अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाए ।

वडा नम्बर १ का वडाध्यक्ष काजी बस्नेत, अस्पताल प्रतिष्ठानका महासचिव सुरेन्द्र गोल्छा, अस्पतालका प्रशासन प्रमुख विन्देश्वर महतोले नागरिकमा सचेतना जगाउन सके आँखा रोगबाट बच्न सकिने विचार राखे ।

शिविरमा महानगरका चार हजार नागरिकको आँखा जाँच गर्नुका साथै चार सयको निःशुल्क शल्यक्रियासहित चस्मा, औषधि र लेन्स प्रदान गर्ने योजना रहेको महानगरले जनाएको छ। महानगरका १९ वडामा ४८ वटा शिविर सञ्चालन गर्ने समेत योजना रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *