आँखाको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने छ जना व्यक्ति तथा संस्थालाई नेत्रज्योति संघको सम्मान

516
Shares

काठमाडौँ, २७ असोज । नेपाल नेत्रज्योति संघले आँखाको क्षेत्रमा उल्लेख्य योगदान दिएका व्यक्ति तथा परिवारलाई सम्मान गर्ने भएको छ । विश्व दृष्टि दिवसको अवसरमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले सो जानकारी दिएको हो ।

संघका महासचिव भरतबहादुर चन्दले सम्मानित गर्ने व्यक्तिहरुको नाम दिवसको अवसरमा सार्वजनिक गरेको भन्दै सम्मान कार्यक्रम भने केही पछि गर्ने बताए ।

उनका अनुसार विशिष्ट नेत्रज्योति सम्मान यसपटक सगरमाथा चौधरी आँखा अस्पतालका लागि जग्गा दान गर्ने चौधरी दाता परिवार लहानलाई गरिने भएको छ ।

यस्तै नेत्र ज्योति लाइफ टाइम अचिभमेन्ट अवार्डबाट पाँच जना व्यक्तिहरुलाई सम्मान गर्ने भएको छ ।

त्यसरी सम्मानित हुनेहरुमा सागरप्रताव राणा, संघको रुपन्देही शाखाका निवर्तमान सभापति, चिजकुमार मास्के चितवन शाखाका निवर्तमान सभापति, कैलाली शाखाका पूर्व सभापति शिवदत्त जोशी रहेका छन् ।

यस्तै डा बासु अधिकारी र डा सुदर्शन प्रसाद धिताललाई पनि सो सम्मान दिईने भएको संघका महासचिव भरतवहादुर चन्दले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *