राजधानी बाहिर ‘ए’ ग्रेडको अनुमति पाउने पहिलो ल्याब बन्यो ‘एनपिएल’

20
Shares

बुटवल, ८ असोज । बुटवलमा अवस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टरले राजधानी बाहिरको पहिलो ‘ए’ ग्रेडको अनुमति पाउन सफल भएको छ।

यो सँगै नेशन प्याथ ल्याब राजधानी बाहिरको पहिलो ‘ए’ ग्रेडको अनुमति प्राप्त ल्याब बनेको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले ल्याबले आवश्यक सबै मापदण्ड पूरा गरेकाले ५ वर्षका लागि ३० भदौंमा ‘ए’ ग्रेडको मान्यता दिएको हो।

नेशनल प्याथ ल्याबले ‘स्वास्थ्य संस्था संचालन मापदण्ड, २०७७ अनुसार आवश्यक मापदण्ड पूरा गरेपछि ‘ए’  ग्रेडको अनुमति पाएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ।

‘हामीले ए ग्रेडको ल्याबको अनुमति पायौं,’ नेशनल प्याथ ल्याबका प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘यससँगै हामी राजधानी बाहिरको ‘ए’ ग्रेडको पहिलो प्रयोगशाला भएका छौं।’

उनले ल्याबको अत्याधुनिकीकरण र गुणस्तरीय सेवा अझ विशेष ध्यान दिने बताए। जोशीले आफ्नो पहिलो उदेश्य भनेकै नेपालबाट नमुना बिदेशीनु नपरोस् भन्ने भएको बताए। ल्याबले ‘ए’ ग्रेडको अनुमति पाएसँगै उक्त अभियानमा साथ पुगेको उनले बताए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *