धादिङ अस्पतालमा आकस्मिक सेवा विस्तार

44
Shares

मलेखु, २५ भदौ । दिनहुँ बिरामीको चाप बढेसँगै धादिङ अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । तीन शय्या क्षमताको आकस्मिक कक्षलाई शनिबारबाट १२ शय्यामा विस्तार गरिएको हो ।

आकस्मिक कक्ष सञ्चालन हुँदै आएका साना–साना कोठालाई पुनःनिर्माण गरेर एउटै कोठाबाट १२ शय्याको सुविधासम्पन्न आकस्मिक कक्ष सञ्चालन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिए। डा दिनेश रेग्मीलाई आकस्मिक शाखाको जिम्मेवारी तोकी दुई चिकित्सकर, मेडिकल अधिकृत र स्टाफ नर्सहरूले २४सै घण्टा सेवा उपलब्ध गराउने पनि अध्यक्ष धमलाले बताए।

हाल अस्पतालमा बिरामीको चाप पनि अत्यधिक छ । ५० शय्या क्षमताको धादिङ अस्पतालमा अहिले ७५ बिरामी उपचाररत छन् ।

आकस्मिक कक्षमा दैनिक ४० जनाको हाराहारीमा बिरामी आइपुग्ने गरेका छन् । दुर्घटनाका बिरामी, भाइरल ज्वरोलगायतका बिरामी धेरैजसो आकस्मिक कक्षमा आउने गरेको अस्पतालका सूचना अधिकारी विक्रम विकले जानकारी दिए।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *