हिमाली जिल्ला दार्चुलामा पनि भेटिए डेंगुका विरामी

72
Shares

दार्चुला, १८ भदौ । हिमाली जिल्ला दार्चुलामा पनि डेंगुका विरामी देखिन थालेका छन् । खास गरी हिमाली जिल्लामा नदेखिने यो रोगको संक्रमण पछिल्लो समय दार्चुलामा दिनानुदिन फैलिरहेको पाइएको छ ।

जिल्ला अस्पताल दार्चुलाका मेडिकल अधिकृत डा। सोमराज अवस्थीका अनुसार दुई दिनमा गरिएको परीक्षणमा मात्रै ११ जनामा डेंगुको संक्रमण भेट्टिएको छ । भदौ १२ गतेपछि गरिएको परीक्षणमा ११ जनामा डेंगुको संक्रमण पुष्टि भएको उनले बताए ।

केहि दिन यता जिल्ला अस्पतालमा उपचारका लागि आउने विरामीहरुमा डेंगुको संक्रमण देखिन थालेको उनले जानकारी दिए ।

हिमाली जिल्लाहरुमा नदेखिने यो रोग पछिल्लो समय तराईदेखी पडाही तथा हिमाली जिल्लाहरुमा समेत लामखुट्टेहरु आउने गरेका कारण डेंगुको संक्रमण भइरहेको पाइएको उनले बताए । ‘दार्चुला जस्तो हिमाली जिल्लामा डेंगुको संक्रमण नदेखिनु पर्ने हो, अहिले दैनिक ४/५ केस पोजेटिभ आइराछन् उनले भने ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *