कोभिडका बेला उत्कृष्ठ काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई हेल्थ अवार्ड प्रदान

480
Shares

काठमाडौ, १८ भदौ । कोरोना महामारीको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरुलाई सम्मान गरिएको छ ।

स्वास्थ्य खबरपत्रिकाले आफ्नो १३ औँ बार्षिकोत्सवको अवसर पारेर शुक्रबार आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा अतिथि भएर गएका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले उनीहरुलाई युनाइटेड इमेजिङ हेल्थ अवार्ड प्रदान गरेका थिए ।

को कोले पाए सम्मान ?

कोभिडका बेला उत्कृष्ठ काम गरेको भन्दै तत्कालिन समयमा टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा अनुप बास्तोला चिकित्सक विधाबाट सम्मानित भए । नारायणी अस्पतालमा विरगञ्जमा कार्यरत डा नीरा पाठकले ल्याव तर्फको अवार्ड प्राप्त गरिन् ।

त्यसैगरी जनस्वास्थ्यतर्फ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत कोभिड सामग्री ब्यावस्थापनमा खटेका जनस्वास्थ्यकर्मी दिनेश चापागाईं सम्मानित भए भने महिला स्वास्थ्य स्वयंसेविकातर्फ गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं.३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापा सम्मनित भएकी छन्।

यसैगरी काभ्रेको महाभारत गाउँपालिकास्थित गोकुले स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट लालबहादुर थापा, भेरी अस्पतालमा कार्यरत स्टाफ नर्स अश्विनी गुरुङ, पनि हेल्थ अवार्डबाट सम्मानित भएका छन् ।

कोभिड महामारीमा नागरिकको उपचारमा सक्रिय शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल प्रहरी, सशस्त्र प्रहरी अस्पताल र नेपाल एम्बुलेन्स सेवालाई पनि सम्मान गरिएको थियो ।

कोभिडकालमा नागरिकको आवाज उठाएको र संक्रिय ढंगले लागेको भन्दै सांसद गगन थापालाई पनि सम्मान गरिएको थियो ।

 

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *