धादिङमा डेंगुका बिरामी बढ्दै

64
Shares

धादिङ, १६ भदौ । यहाँ डेङ्गुका बिरामीको सङ्ख्या बढ्न थालेको छ । मङ्गलबार एकै दिनमात्र जिल्ला अस्पतालमा आएकामध्ये ११ बिरामीको डेङ्गु परीक्षणबाट पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मधुकर दाहालले बताए ।

अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको समयमा डेङ्गुका बिरामी पनि बढ्न थालेको हो। साउन र भदौसम्मको यस अवधिमा अस्पताल आएकामध्ये एक सय १४ जनाको डेङ्गुको पुष्टि भएको छ ।

पछिल्लो दिन पुष्टि भएकाबाहेकको उपचार भइसकेको छभने ११ जनाको उपचार भइरहेको छ। डेङ्गु सङ्क्रमित एक जनाको जिल्ला अस्पतालमै मृत्युसमेत भइसकेको छ। ज्वालामुखी गाउँपालिका–२ का ५६ वर्षिय रामचन्द्र श्रेष्ठको डेङ्गु सङ्क्रमणपछि मृत्यु भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *