स्वास्थ्य मन्त्री भवानी खापुङ अस्वस्थ, वीर अस्पतालमा उपचार हुँदै

496
Shares

काठमाडौं, १० भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङ अस्वस्थ भएका छन् । उनको वीर अस्पतालमा उपचार सुरु भएको छ ।

रिगांटा लाग्ने र बान्ता हुने समस्या भएपछि सचिवालयको टोलीले दिउसो साढे २ बजे वीर अस्पतालमा पु¥याएको हो । मन्त्रीकै नम्बर प्लेटवाला गाडीमा राखेर उनलाई वीर अस्पताल लगिएको हो । उनको अहिले वीरको भीआईपी कक्षमा उपचार सुरु भएको छ ।

अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्रकुमार बस्नेतले अस्वस्थ भएपछि उपचारका लागि मन्त्री खापुङ वीर अस्पतालमा आएको बताए । उनले परीक्षण सुरु भएकोले के भएको भन्ने अहिल्यै भन्न नमिल्ने प्रतिक्रिया दिए ।

मन्त्रीलाई लिएर सचिवालयको टोलीसंगै मन्त्रालयका प्रमुख विशेषज्ञ डा संगिता मिश्र पनि वीर अस्पताल गएकी छन् ।

मन्त्री खापुङलाई यसअघि पनि बान्ता हुने र रिगाटा लाग्ने समस्या देखिएको थियो ।

पछिल्लो साता भने उनी पूर्वको भ्रमणमा व्यस्त थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *