दार्चुलाका २० हजार बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाइदै

100
Shares

काठमाडौँ, ६ भदौ । दार्चुलाका २० हजार बढि बालबालिकालाई सोमबारबाट विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइदै छ ।

पाँचदेखि १२ वर्ष मुनिका जिल्लाभरीका २० हजार ३ सय ९२ जना बालबालिकालाई कोरोनाविरुद्धको फाइजर भ्याक्सिन खोप दिन थालिएको हो ।

दार्चुला स्वास्थ्य कार्यालयका अनुसार यही सोमबारदेखि १० गतेसम्म जिल्लाभरी खोप अभियान सुरु भएको छ। ९ वटै स्थानीय तहका चार सय २९ वटा खोप केन्द्रमार्फत खोप लगाउन थालिएको हो।

खोप अभियानका लागि एक सय ५७ जना खोप दिने स्वास्थ्यकर्मी, ९८ जना सुपरिवेक्षक र आठ सय ९२ जना स्वयंसेवक परिचालन गरिएको छ ।

जिल्लाभरीका बालबालिकालाई खोप लगाउन प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट कुल ४० हजार पाँच सय डोज फाइजर खोप प्राप्त भएको छ। खोपको पहिलो मात्रा दिएको २१ दिनपछि बालबालिकालाई दोस्रो मात्राको खोप दिइनेछ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *