चौबिस घण्टामा २६३ जना संक्रमित थपिए , ५०१ जना निको भए

 

काठमाडौँ, २८ साउन । पछिल्लो चौबिस घण्टामा देशभर थप २६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार चौबिस घण्टामा ३ हजार १६५ नमुना परीक्षण गर्दा २६३ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधीमा थप ५ सय १जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । आज थप २ जना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ४७, ललितपुरमा ४१ र भक्तपुरमा ६ जना गरी उपत्यकामा ९४ जना संक्रमित थपिएका छन् ।

त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४३४ रहेको छ । जसमध्ये होम आइसोलेसनमा ५ हजार २२८ जना र संस्थागत आइसोलेसनमा २ सय ६ जना रहेका छन् । त्यसैगरी आइसीयूमा ६१ जना र भेन्टीलेटरमा ४ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *