पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्षका १७१ जनामा कोरोना संक्रमण

76
Shares

काठमाडौँ, २४ साउन । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमण पुष्टि भएका कुल संक्रमितमध्ये २१ देखि ३० वर्षका १७१ जना कोरोना संक्रमित भेटिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जारी गरेको विवरण अनुसार कुल १ हजार ९० संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्षका व्यक्ति १७१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

त्यसैगरी ० देखि १० वर्षका ६ जना, ११ देखि २० वर्षका ४० जना , ३१ देखि ४० वर्षका ९३ जना , ४१ देखि ५० वर्षका ८४ जना , ५१ देखि ६० वर्षका ८१ जना, ६१ देखि ७० वर्षका ४४ जना , ७१ देखि ८० वर्षका ३० जना , ८० देखि माथिका १० जनामा र १ जना अज्ञात रहेका छन् ।

त्यसैगरी आज थप ४३८ जना संक्रमणमुक्त भएका छन् । २ जना संक्रमितको मृत्यु भएको छ । आइसीयूमा ६१ जना र भेन्टीलेटरमा ७ जना संक्रमित उपचाररत रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *