लायन्स क्लब अफ काठमाडौं ब्राभो र पोकली वाटरफलको आयोजनामा रक्तदान

96
Shares

काठमाडौँ, १४ साउन । लायन्स क्लब अफ ब्राभो तथा लायन्स क्लब अफ पोकली वाटरफलको संयुक्त आयोजनामा शुक्रबार काठमाडौँमा बृहत रक्तदान कार्यक्रम भएको छ ।

उपत्यकामा बढ्दै गएको रगत अभावको समस्या समाधान गर्न तथा रगत सम्वन्धी जनचेतना अभिबृद्धि गर्न रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रममा ३७ जनाले रक्तदान गरेका थिए ।

सो अवसरमा बोल्दै लायन्स क्लब अफ ब्राभोका अध्यक्ष आदर्शकुमार श्रेष्ठले मानिसको जिवन बचाउने कार्यका लागि रगत अत्यावश्यक भएकोले क्लबले रक्तदानको कार्यक्रम आयोजना गरेको जानकारी दिए ।

लायन्स क्लबका पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवालीले रक्तदान महादान भएकोले रक्तदान गर्नका लागि प्रेरित गर्ने कार्यक्रम अघि सार्नुपर्ने बताए ।
यस्तै लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले शरीरबाट खेर जाने रगत दान गरेर कसैको जीवन बचाउन सकिने भन्दै यस सम्वन्धी बृहत जनचेतनाको खाँचो रहेको बताईन । उनले रक्तदानप्रति मानिसलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिईन् ।

उक्त कार्यक्रममा रक्तदान गर्नेहरुलाई पाष्ट डिस्ट्रिक गर्भनर रुद्र ज्ञवाली, लायन्स क्लब अफ काठमाडौ ब्राभोका अध्यक्ष आदर्शकुमार श्रेष्ठ र लायन्स क्लब अफ पोकली वाटरफलकी अध्यक्ष वर्षा राउतले प्रमाणपत्र वितरण गरेका थिए ।

रक्तदान कार्यक्रममा ग्राण्डी अन्टराष्ट्रियअस्पतालबाट डा।विपीन नेपालको संयोजकत्वमा स्वास्थ्यकर्मीहरुको टोली आएको थियो । लायन्स क्लबका सदस्यहरुलाई रगत आवश्यक परेको अवस्थामा ग्राण्डी अस्पतालले प्राथमिकता दिने भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *