स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ अस्पताल भर्ना

काठामाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङ अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र बान्ता हुने समस्या भएपछि मन्त्री खापुङ उपचारका लागि वीर अस्पतालमा पुगेका हुन्।
मन्त्री खापुङको हाल स्वास्थ्य परीक्षण र उपचार भइरहेको अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी डा भुपेन्द्र बस्नेतले जानकारी दिए। ‘उहाँको प्रारम्भिक जाँच गरिएको छ। स्वास्थ्य अवस्था पनि राम्रो छ,’ डा बस्नेतले भने, ‘जाँचको रिर्पोट आएपछि के रहेछ भन्ने थाहा हुन्छ।’
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com
सम्पर्क इमेल : nepalihealthnews@gmail.com




नेपाली हेल्थ 




