राष्ट्रिय फार्मेसी संघ नेपाल मधेश प्रदेशको अध्यक्षमा हरिप्रसाद यादव चुनिए

388
Shares

पर्सा, ७ साउन । नेकपा एमाले निकट संस्था राष्ट्रिय फार्मेसी संघ नेपाल मधेश प्रदेशको अध्यक्षमा हरिप्रसाद यादव चुनिएका छन् ।

शनिबार वीरगञ्जमा सम्पन्न संघको पहिलो अधिवेशनले उपाध्यक्षमा कासिम अंसारी, उपाध्यक्ष महिलामा प्रियंका चौरसिया, सचिवमा अवताव अंसारी, कोषाध्यक्षमा राकेश यादव, र सहसचिवमा अवदुल कैस चुनिएका हुन् ।

यस्तै सदस्यहरुमा पर्साबाट आनन्द कुमार कुशवाह, रुपक सिंह, मुना साह छनौट भएका छन् । यस्तै रौतहटबाट गजेन्द्रप्रसाद यादव, सुरेश साह सोनल, गौरव कुसवाह, रविन्द्रकुमार साह छनौट भएका छन् ।

यस्तै बाराबाट नवलकिशोर यादव, संदिप ठाकुर, धर्मेन्द्रकुमार शर्मा, अनिल गुप्ता, अस्मिता साह छनौट भएका छन् । यस्तै सर्लाहीबाट केशब ठाकुर, धनुषाबाट आलोक ठाकुर चुनिएका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला इन्चार्ज हरेन्द्र यादवको अध्यक्षता सम्पन्न अधिवेशनमा भाग लिन महासंघका केन्द्रीय उपाध्यक्ष भीमराज सिंह, राष्ट्रिय फार्मेसी संघका अध्यक्ष क्षितिज गर्तौला, महासंघका केन्द्रीय सदस्य निजर बर्तौला वीरगञ्ज पुगेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *