उदयपुर जिल्ला अस्पतालका शय्या ज्वरोका बिरामीले भरिए

156
Shares

उदयपुर, ५ साउन । जिल्ला अस्पतालमा दैनिक ज्वरोका बिरामी वृद्धि हुँदै गएको छ । अहिले अस्पतालका अधिकांश शय्या ज्वरोका बिरामीले भरिएका छन्। अन्य बिरामीलाई उपचार गर्नसमेत समस्या हुन थालेको अस्पतालका प्रमुख डा मुकेश झाले जानकारी दिए।

अहिले दैनिक १५ देखि २० जनासम्म भाइरल ज्वरोका बिरामी उपचारको लागि अस्पतालमा आउने गरेको उनले बताए।

अस्पतालका प्रशासकीय अधिकृत बिर्खबहादुर खत्रीले भने ५० शय्याको अस्पतालका अधिकांश शय्या भाइरलका बिरामीले भरिएका छन्। अहिले अन्य उपचारको लागि आउने बिरामीलाई शय्यामा राखेर उपचार गन समस्या हुन थालेको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *