स्कुटी दुर्घटनामा स्वास्थ्यकर्मीको मृत्यु

2.3k
Shares

सप्तरी , १ साउन । स्कुटी दुर्घटना हुँदा सप्तरीमा एकजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका १० बस्ने राजकुमारी साह हुन् ।

उनी सप्तरीकै बलान बिहुल गाउँपालिका वडा नम्बर ६ रौतहटमा रहेको स्वास्थ्य चौकीमा कार्यरत अहेव हुन् ।

आइतबार पत्थरगाडाबाट मधेश प्रदेश –०१–००४ प ३३४७ नं. को स्कुटी चलाएर राजरिवाजतर्फ आउँदै गरेकी ३० बर्षीया साह हुलाकी राजमार्ग अन्तर्गत राजगढ गाउँपालिका ५ मलेकपुरमा दुर्घटनामा परेकी थिइन् ।

तत्कालै उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याएकोमा थप उपचारको लागि बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पुर्‍याए लगत्तै उनको मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान भईरहेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *