फूलकुमारी महतो मेमोरियल अस्पतालमा शल्यक्रिया सहितको आँखा उपचार सञ्चालन हुने

408
Shares

काठमाडौँ, ३२ असार । सिराहाको फूलकुमारी महतो मेमोरियल अस्पतालमा अब आँखाको शल्यक्रिया सहितका सेवा उपलव्ध हुने भएको छ । अस्पतालले तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा आँखा विभाग स्थापना गरि शल्यक्रिया सहितको सेवा उपलव्ध गराउने तयारी गरेको छ ।

शुक्रबार तिलगंगामा आयोजित एक कार्यक्रममा अस्पताल र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानबीच एक सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा फूलकुमारी महतो मेमोरियल अस्पतालको तर्फबाट अध्यक्ष डा.उपेन्द्र महतो र नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानको तर्फबाट कार्यकारी निर्देशक डा. सन्दुक रुइतले हस्ताक्षर गरेका छन् ।

सो पत्रमा फूलकुमारी मेमोरियल अस्पतालमा रहेको आँखा विभागलाई स्तरोन्नत्ती गरी आ“खाको शल्यक्रिया सेवा लगायतका कार्यक्रम संचालन गर्ने भन्ने रहेको छ ।

यस्तै सम्झौँता पत्रमा अस्पतालमा रहेको आँखा विभागलाई सुदृढीकरण गरी आँखाको शल्यक्रिया सेवा समेत संचालन गर्ने, उपयुक्त भौतिक पुर्वाधार एवं आँखाको बहिरंग विभागमा आवश्यक पर्ने आँखा जाँच मेशीन औजारको बन्दोवस्त गर्ने लगायतका व्यवस्था छ ।

यसैगरी आँखा उपचारका लागी यदि थप भवन निर्माण गर्नु परेमा निर्माण गर्ने, प्रतिष्ठानको व्यवस्थापनमा रहेको श्री रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान, विराटनगर मार्फत उच्च प्रविधि र कुशल चिकित्सक सहितको टोलीबाट आँखाको शल्यक्रिया एवं अन्धोपन निवारण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने समेत भनिएको छ ।

यसैगरी सम्झौँता पत्रमा प्रतिष्ठानले गुणस्तरीय आँखा उपचारको शल्यक्रिया सेवा प्रदान गर्ने सिलसिलामा समय समयमा आँखा स्वास्थ्य शिविर लगायतका विभिन्न सेवाहरु प्रदान गर्ने र शल्य चिकित्साका लागि आवश्यक जनशक्ति, उपकरण, औषधि तथा सर्जिकल सामग्रीहरु उपलव्ध गराउने आदि रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *