भारतमा एकैदिन थपिए १६ हजारभन्दा बढी कोरोना संक्रमित, २४ जनाको मृत्यु
काठमाडौँ, २१ असार । भारतमा पछिल्लो चौबिस घण्टामा १६ हजार १ सय ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो संगै भारतमा अहिले कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या ४ करोड ३५ लाख १८ हजार ५ सयभन्दा धेरै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी पछिल्लो चौबिस घण्टामा कोरोनाका कारण २४ जनाले ज्यान गुमाएका छन् । भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २५ हजार २ सय २३ जनाले ज्यान गुमाएको तथ्याङ्क छ ।
अहिले भारतमा १ लाख १३ हजार ८ सय ६४ जना सक्रिय सङ्क्रमित छन् । केही दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्दो छ । एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]