थपिए २३ जना कोरोना संक्रमित , १२ जना संक्रमणमुक्त
काठमाडौँ, ५ असार । पछिल्लो चौबिस घण्टामा देशभर थप २३ जना कोरोना संक्रमित थपिएका छन् । यही अवधीमा थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार १ हजार २५४ जनाको पीसीआर नमुना परीक्षण गर्दा १८ जनामा र ७७३ जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टी भएको हो ।
त्यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १ सय १० रहेको छ । जसमध्ये होम आइसोलेसनमा १ सय ८ जना र संस्थागत आइसोलेसनमा २ जना रहेका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]