अभिभावकले धुम्रपान गर्दा बालबालिकामा देखिन सक्छ यस्ता असर

272
Shares

काठमाडौँ, १७ जेठ । आज ३१ मे, २०२२ अर्थात विश्व सुर्तीजन्य पदार्थ रहित दिवस । सुर्तीजन्य पदार्थको प्रयोग त्याग्न अभिप्रेरित गर्दै संसारभर यो दिवस मनाईदै छ । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाईदै छ ।

विश्वभर वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ । जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाख सँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने गर्दछ ।

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न नसर्ने रोगहरुः क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वास सम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ ।

यस्तै अभिभावकले बालबालिकाको सामु धुम्रपान सेवन गर्दा उनीहरूमा दम, निमोनिया, ब्रोन्काइटिस जस्ता श्वासप्रश्वास सम्बन्धी समस्या हुने, बारम्बार रुघा खोकी लाग्ने समस्या हुने, कानको संक्रमण भई श्रवणशक्तिमा समस्या हुने, क्यान्सर हुने सम्भावना बढ्ने जस्ता समस्या देखिन सक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *