चौबिस घण्टामा थप १२ जनामा कोरोना संक्रमण, १३ जना डिस्चार्ज
काठमाडौँ, १५ जेठ । पछिल्लो चौबिस घण्टामा देशभर थप १२ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरी आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार २ हजार ३६६ जनाको पीसीआर नमुना परीक्षण गर्दा ९ जनामा र ९९० जनाको एन्टीजेन बिधिबाट नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टी भएको हो । ।
देशभर सक्रिय संक्रमितको संख्या ११० रहेको छ । त्यसैगरी आईसीयूमा र भेन्टीलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ । त्यसैगरी सक्रिय संक्रमित शून्य रहेका जिल्ला ३३ वटा रहेको मन्त्रालयले जनाएको
त्यसैगरी आज ५१ हजार ६९१ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]