वार्षिकोत्सवको अवसरमा नेपाल क्यान्सर हस्पिटलद्धारा पदयात्रा

184
Shares

काठमाडौँ, १५ जेठ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले आफ्नो पाँचौं वार्षिकोत्सवको अवसरमा पद यात्रा गरेको छ ।

अस्पतालको पाँचौं वार्षिकोत्सव पारेर साताव्यापी कार्यक्रम गरिरहेको अस्पतालले आज क्यान्सरकाबारेमा जनचेतना जगाउन पद यात्रा कार्यक्रम सम्पन्न गरेको हो ।

ललितपुरको लगनखेलबाट बाजागाजा सहित शुरु भएको पद यात्रा अस्पतालका अध्यक्ष डा सुदिप श्रेष्ठ सहित चिकित्सक, क्यान्सरबाट निको भएका सर्भाइभर, अस्पताल संचालक समिती सदस्यहरु, नेपाल क्यान्सर सपोर्ट समुहका सदस्यहरु एवम कर्मचारीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा अस्पतालले जेठ १७ गते ब्लड डोनेशन कार्यक्रम राखेको छ भने २० गते नि:शुल्क ओपिडीको व्यवस्था गरेको  छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *